खाेज्नुहाेस

हाँस्य टेलीश्रृखंला नसानाडी सार्वजनिक

Image

धनगढी – हाँस्य टेलीश्रृखंला नसानाडी सार्वजनिक भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन भएको थियो । उक्त टेलीश्रृखंलाले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

navjiwan hospital

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रज्ञा प्रतिस्ठानका उपकुलपति डा.टिन जोशीले उद्धघाटन गरेका थिए भने सभापतिमा डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीका अध्यक्ष मेघा भट्ट रहेकी थिईन । कार्यक्रमा बोल्दै उपकुलपति जोशीले प्रज्ञा प्रतिस्ठानबाट र आफ्नो व्यक्तिगत तर्फ आफुले सक्ने जति सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । टेलिश्रृंखलाले सुदूरपश्चिमको भेषभुषा, रहनसहनलाई जर्गेना गर्नुपर्ने उनले बताएका छन ।

attariya hospital

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष मेघा भट्टले आफ्नो टिम जहिले पनि समाजमा भएका बिकृति बिसंगतिलाई खण्डन गर्ने र सुदूरपश्चिममा भएका सम्पुर्ण रहन सहन र पर्यटनहरुको उजागर गर्ने प्रतिबद्धता व्यक्त गरिन । टेलीश्रृखंलाकोे कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन बिजय राज जोशी र दीर्घ शाहीले गरेका हुन् । भिडियो छायाँकन तथा सम्पादन दिपेन्द्र वली र बिष्नु भण्डारीले गरेका छन । उक्त टेलीश्रृखंला देउराली क्रेसनबाट प्रसारण हुने जनाईएको छ । श्रावण १ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ ।

उक्त टेलीश्रृखंलामा मोहन पनेरु, नरेश प्रसाद जोशी, जमुना साउँद, मेघा भट्ट, सृजना भट्ट, असोक धामी र एलडी भट्ट लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ । सोको ओपनिङ गितमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवाज निसा दहितले दिएकी छन् । उक्त टेलीश्रृखंला डि एण्ड बि ईन्टरटेटमेन्ट प्रालीको प्रस्तुती रहेको र देउराली क्रियसनको युटुब च्यानल बाट प्रसारण हुने निर्माण टिमले जनाएको छ ।