‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सम्पन्न

दार्चुला – पत्रकार र कलाकार सम्मिलित एक टोलीको ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सम्पन्न गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले जेठ १० गते काठमाडौंबाट यात्रा सुरु गरेको टोली ४५ भन्दा बढी जिल्ला पार गर्दै जेठ २३ गते दार्चुला पुगेको हो ।

maya metro hospital

जेठ १४ गते सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङबाट औपचारिक यात्रा सुरु गरेको टोली दशौँ दिनमा सुदूरपूर्वी जिल्ला दार्चुला पुगेको हो । दार्चुलामा पत्रकार सम्मेलन गर्दै यात्रा सफलतापूर्वक सम्पन्न भएको टोलीले जानकारी दिएको हो ।

joshi vada pasal 2

टोलीले पाँच वटा प्रदेशको विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि लगायत स्थानीय सरोकारवालाहरूसँग पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरेको छ ।

कोशी प्रदेशको ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको लुम्बिनी, बर्दिया र सुदूरपश्चिम प्रदेशको दार्चुलामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक निकायका महत्त्वपूर्ण व्यक्ति तथा पदाधिकारी, उद्योग वाणिज्य सङ्घ, हान, नाट्टा, टान लगायतका सङ्घ संस्थाका प्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको हो ।

विभिन्न स्थानमा गरी एक हजारभन्दा बढी लोकल स्टेकहोल्डरसँग अन्तरक्रिया गरेको टूरका संयोजक विष्णु विवेक विश्वकर्माले जानकारी दिए । आफ्नो संयोजनमा टिमले गरेको यात्रा ऐतिहासिक भएको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठुलो योगदान पुग्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.