नेपालमा आज राति ‘पेनम्ब्रल’ चन्द्र ग्रहण लाग्ने

काठमाण्डौं – नेपालमा आज लाग्ने पेनम्ब्रल (विरल छाया) चन्द्र ग्रहण लाग्ने छ । पेनम्ब्रल चन्द्रग्रहण शुक्रबार राति ८ बजेर ५९ मिनेटमा सुरू भइ ११ः०७ बजे मध्य हुँदै शनिबार बिहान १ बजेर १६ मिनेटमा सकिने छ । यो चन्द्रग्रहण खग्रास (पूरै ढाकिने) वा खण्डग्रास (केही भाग ढाकिने) नभएर बिरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्र ग्रहण हो ।

maya metro hospital

वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यस सम्बन्धी धार्मिक÷सांस्कृतिक मान्यताहरू लागू हुँदैनन् ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाया दुई प्रकारका हुन्छनः सघन छाया र वि रल छाया । यदि चन्द्रमा पृथ्वीको सघन छायामा परे खग्रास वा खण्डग्रास चन्द्र ग्रहण हुन्छ भने विरल छायामा पर्दा पेनम्ब्रल चन्द्र ग्रहण हुन्छ ।

attariya hospital

यो ग्रहण नांगो आँखाले खासै छुट्याउन नसकिने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमा यसको चर्चा नहुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

’यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यसको ठूलो महत्त्व छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.