‘सिकलसेल एनिमिया’ बारे राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन माग

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका थारू समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन् ।

maya metro hospital

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिला सम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारू समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्रसङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन् ।

joshi vada pasal 2

अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका थिए । आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकअर्कामा जोडिएको भन्दै उनले आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवर्धन गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल अन्तरराष्ट्रिय श्रम सङ्गठनको पक्ष राष्ट्र रहेको भन्दै महासन्धि नम्बर १६९ अनुरूप राष्ट्रसङ्घद्वारा घोषित आदिवासीको अधिकारको प्रवर्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.