दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिमा ‘अपि बेश क्याम्प’भ्रमण सप्ताह शुरु भएको छ । बिहीबारदेखि भ्रमण सप्ताह शुरु भएको भएको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए ।
अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको हो ।


७ हजार १३२ मिटर उचाईमा रहेको अपि बेश क्याम्पमा पुगेर अपि हिमाल, नाम्पा हिमाल र अन्य प्राकृतिक सम्पदाहरुको बारेमा जानकारी दिने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गरिएको अध्यक्ष बोहराले बताए ।
भ्रमण सप्ताहमा सहभागिताका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतको टोली पुगेको छ । पहिलो टोली आज पालिकादेखि अपि बेस क्याम्पका लागि हिँडेको छ भने दोश्रो टोली वैशाख १७ गते र तेश्रो टोली वैशाख १९ गते वेश क्याम्पका लागि हिड्ने गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन् ।
अपि वेश क्याम्पमा पुगेपछि अपि हिमाल, नाम्पा हिमाल, जेठी बहुरानी हिमाल लगायतको दृश्वालोकन गर्न पाइनेछ भने वेश क्याम्पमा रहेका विभिन्न तालहरुको समेत दृश्यवालोकन गर्न पाइने अध्यक्ष बोहराले बताए ।


















