खाेज्नुहाेस

प्रदेशस्तरिय यु–१६ छनौट खेलमा सहभागी हुन बैतडीको टोली प्रस्थान

Image

बैतडी – यु–१६ क्रिकेट छनौट प्रतियोगीतामा सहभागी हुन बैतडीको टोली प्रस्थान गरेको छ । अछाममा हुने प्रथम मुख्यमन्त्री कप यु–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा सहभागी हुन शनिबार टोली प्रस्थान गरेको हो ।

navjiwan hospital

अछामको रिडिकोट खेलमैदान, साँफेबगरमा बैतडीको पहिलो खेल आइतबार दार्चुलासंग रहेको छ । प्रतियोगीतामा ८ वटा टिमहरु सहभागी रहेका छन । उक्त टिमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । दुवै समुहबाट शिर्षमा पुग्ने टोलीबीच फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए । उनका अनुुसार प्रतियोगीताको फाईनल खेल यही वैशाख ७ गते हुनेछ ।

attariya hospital

प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्ने उनले बताए । राष्ट्रियस्तरीय छनौट प्रतियोगिता वैशाख १० गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ । नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।