धनगढी – कैलालीमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन । बुधबार जिल्लाको टिकापुर नगरपालिकाका दुई स्थानबाट प्रहरीले जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको हो ।

नगरपालिकाको वडा नं. १ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले ५ जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट ३१ हजार ६ सय ९५ रुपैँया सहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोहि ठाउँकै वडा–१ का ६८ वर्षिय दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १० जनालाई प्रहरीले पक्राउ गरेको छ । १ लाख १४ हजार ९५ रुपैया सहित १० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।


















