खाेज्नुहाेस

स्थानियद्धारा गोदावरी– ५ को वडा कार्यालयमा तालाबन्दी

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । गोदावरी वडा नम्बर ५ को वडा कार्यालय पछाडी रहेको गेटा ट्राफिक चोकदेखि गेटी–श्रीपुर आखाँ अस्पतालसम्म सडक विस्तार गर्नुपर्ने माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन । सडक विस्तार नहुँदा वर्षेनि विभिन्न समस्याको सामना गर्नु परिरहेको स्थानीयहरुले गुनासो गरेका छन ।

navjiwan hospital

५ नम्बर वडाका स्थानीयले सडक निर्माण गर्न ठेकेदारलाई असहज भइरहेकाले निर्माण कम्पनीलाई सहजता मिलाईदिन समेत आग्रह गरेका छन् । स्थानीयको समस्यालाई ध्यानमा राखि निर्माण कार्य अघि बढाउन वडा कार्यालयलाई आग्रह समेत गरिएको छ ।

attariya hospital

यद्धपी उक्त ताला वडा कार्यालयसँगको सहमती पछि खोलिएको थियो । वडाअध्यक्ष शुद्धिराम चौधरीले स्थानियहरुसँग बाटो निर्माणको सुरुवातका लागी पहल गर्ने सहमती पश्चात ताला खोलिएको बताए ।

उनका अनुसार बाटो निर्माणको विषयमा विवाद हुँदा निर्माण कार्य रोकिएको र त्यसले समस्या भएको भन्दै स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी पश्चात सोमबार नै नगरपालिकाको अमिनमार्फत नापि गरेर पुनः निर्माण कार्य सुरु गर्ने सहमती भएपछि ताला खोलिएको वडाध्यक्ष चौधरीले बताए ।