खाेज्नुहाेस

पुर्विचौकी गाउँपालिकामा तालाबन्दी

Image

डोटी – डोटीको पुविचौकी गाउँपालिमा तालाबन्दी गरिएको छ । विभिन्न १४ बुदे सवालहरु राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गाउँपालिका कमिटी र युवा संघ नेपालले संयुक्त रुपमा तालाबन्दी गरेको हो ।

navjiwan hospital

युवा संघका अध्यक्ष राहुल बोहराले प्रेश विज्ञप्ती जारी गर्दै गाउँपालिकामा अपारदर्शि तथा पक्षपातपुर्ण ढंगले कानुनको उपहास गरी स्वईच्छाचारी ढंगले काम भैरहेकाले त्यस्ता क्रियाकलापको विरुद्धमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको जनाएका छन । उनले गाउँपालिकालाई बर्वाद बनाउने दुस्चक्र चलिरहेको बताए । यवा संघका तर्फबाट बोहरा र नेकपा एमाले गाउँकमिटिले जारी गरेको प्रेश विज्ञप्तीमा विभिन्न १४ वटा सवालहरु अगाडी सारिएका छन ।

attariya hospital

उक्त सवाहरुमा १ वर्षदेखी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल विहिन हुनु, कर्मचारीहरुले लामो समय सम्म तलब नपाउनु, सामाजिक सुरक्षा भत्ता र काम सम्पन्न भएका विभिन्न योजनाको भुक्तानी नहुनु, स्वास्थ्य चौकीमा आधारभुत औषधीहरुको अभाव हुनु, करार शिक्षक र रोजगार सहायकको विज्ञापन गरी लामो समयसम्म परिक्षा गर्न नसक्नु लगायतका सवालहरु उठाईएको छ ।

त्यसका साथै कृषि अनुदानका नाममा चरम भ्रस्टाचार भएको, भुकम्प पिडितहरुले पाउने राहतका सामग्रीहरु पुर्वाग्राही हिसाबले वितरण गरेको, त्रिपाल लगायतका भुकम्प प्रभावितका लागि खरिद गरिएका सामग्रीहरु बिना टेन्डर मनोमानि खरिद गरेको, वडा नं. १ को कार्यालयमा नियम विपरित कर्मचारी भर्ना गरेको लगायतका सवालहरु पनि प्रेश विज्ञप्तीमा उठाईएका छन । उक्त सवालहरुको समाधानका लागी गाउँपालिकाले ध्यान नदिएर वेवास्ता गरे चरणवद्ध आन्दोलनका कार्यक्रमहरु अगाडी बढाईने बताईएको छ ।