खाेज्नुहाेस

सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह गर्दै

Image
navjiwan hospital

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोह गर्ने तयारी थालेको छ । विश्वविद्यालयले चैत्र २६ गते दिक्षान्त समारोह गर्न लागेको हो । तेस्रो दीक्षान्त समारोहमा एक सय ७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोक कुमार राई लगायतको सहभागिता रहने छ । विश्वविद्यालयबाट पासआउट भएका आठ सय ५५ जना विद्यार्थी मध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुन लागेका हुन ।

attariya hospital