महेन्द्रनगर – महेन्द्रनगरमा विदाका दिन चलाइएका सवारी साधन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले नियन्त्रणमा लिएको छ ।

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले विदाका दिन सरकारी सवारी साधनको दुरुपयोग बढेकाले शनिबार व्याक्तिगत प्रयोजनका लागि सञ्चालन भएका सरकारी सवारी साधन नियन्त्रणमा लिई ट्राफिक प्रहरीलाई बुझाएको बताए ।

उनले बैतडीको शिवनाथ गाउँपालिका, कञ्चनपुरको लालझाडी गाउँपालिका रघरेलु कार्यालयको गाडी नियन्त्रणमा लिई जिल्ला ट्राफिक कार्यालय कञचनपुरको जिम्मा लगाएको बताए ।
















