नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन ५००ले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ तोकिएको छ । सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ ।
आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।