खाेज्नुहाेस

सदस्यलाई वित्त सम्बन्धी साक्षर बनाउन वित्तिय साक्षरता कार्यक्रम

Image

बर्दिया – डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड ठाकुरद्धारले सदस्यहरुका लागी वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । शाखा अन्तर्गतका विभिन्न केन्द्रका सदस्यहरुलाई बित्तिय साक्षरता सिकाउने लक्ष्यका साथ संस्थाले कार्यक्रम गरिरहेको छ ।

navjiwan hospital

शाखामा आवद्ध सदस्यहरु विपन्नवर्गका भएकाले उनिहरुलाई वित्तिय शिक्षा सिकाएर वित्तिय सम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्धक खेमराज ओझाले बताए । उनले संस्थाको केन्द्रिय कार्यालयले पनि देशभरका १५१ वटा शाखाहरुमार्फत लघुवित्त सम्बन्धी जानकारी गराईरहेको बताए ।

attariya hospital

‘बित्तिय साक्षरता आजको पैसाको युगमा सबै को लागि आवश्यक छ । हामिले पैसा कसरि कमाउने तथा हामि संग भएको पैसाको उच्चतम प्रयोगमार्फत कसरि हामिले हाम्रो जिवनयापन गर्ने भन्ने कुरा सिक्न जरुरी छ’ उनले भने ‘बैक तथा बित्तिय संस्था के हो । यस संग कारोबारको प्रक्रीया के हो । तथा हामिले बैक बित्तिय संस्थामा बित्तिय अनुसासनमा रहदा के फाईा हुन्छ लगायतका कुराहरु वित्तिय साक्षरतामा सिकाईदैछ ।’

शाखा मा १८४४ घरधुरि बित्तिय संस्थामा आबद्ध रहेको बताउदै उनले ति सबै सदस्यहरुको वित्त साक्षरता बढाउन कार्यक्रम आयोजना गरिएको बताए । साक्षरता कार्यक्रममार्फत वित्तिय शिक्षा सिक्न पाएको भन्दै सदस्यहरु पनि खुसी देखिएका छन । संस्थाका कर्मचारि मनोजकुमार चौधरीले कार्यक्रमको सहजिकरण गरेका थिए ।