अत्तरिया – बैंकहरुको चर्को ब्याजदर विरुद्ध आन्दोलित अत्तरियाका व्यवसायीहरुले बिहिबार अत्तरियामा नाराबाजी गर्दे प्रदर्शन गरेका छन् । व्यवसयीहरुले अत्तरिया बजार परिक्रमा गर्दै बैंकको चर्को व्याजदरका विरुद्ध नारावाजी गरेका हुन् ।

उनीहरुले ‘व्यवसायिलाई मार्न पाइँदैन, चर्को ब्याजदर नियन्त्रण/न्यूनीकरण गर, व्यवसायी एकता जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ, व्यवसायी माथिको अत्याचार बन्द गर, हाम्रो माग पूरा गर’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए ।

सोमबार देखि अत्तरिया उद्योगा बाणिज्य संघको आयोजनामा अत्तरिया विरोध प्रदर्शन गरिरहेको व्यवसायीहरुले बिहिबार बैंकमा नो डिपोजिट कार्यक्रम पनि संचालन गरेका थिए । उक्त कार्यक्रम अन्तरगत व्यवसायीहरुले बिहिबार बैंकमा रकम जग्गा गरेनन् ।
हालको आन्दोलनका कार्यक्रम फागुन २२ गते सम्म जारी रहने जनाइएको छ । व्यवसायीहरुले हाल पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत बिहान ९ बजे देखि ११ बजे सम्म व्यापार व्यवसाय बन्द गरेर विरोध प्रदर्शन गर्दै आइरहेका छन ।
















