धनगढी – चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुवित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेका हुन् ।

वित्तिय संस्थाहरुले व्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दै आएका छन् । दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको व्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका हुन् ।

यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुँदै आएका छन् ।