अत्तरिया – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले ६ लाख मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीले सडक दुर्घटनामा मृत्यु भएका गोदावरी नगरपालिका – २ अत्तरियाका शेर बहादुर पुनमगरको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

मंगलबार एक कार्यक्रमका बीच पुनमगरकी श्रीमतीलाई ६ लाखको चेक कम्पनीको अत्तरिया शाखा प्रमुख दीपक खत्रीले हस्तान्तरण गरेका थिए ।
पुनमगरले आफु प्रस्तावक रही बाल अमृत – १ बीमा योजना गरेका थिए ।

















