कैलारी – डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय उदासिपुरले वडा कार्यालयलाई डस्टबिन वितरण गरेको छ । संस्थाको २२औ स्थापना दिवसको उपलक्ष्यमा संस्थाले डस्टबिन वितरण गरेको हो ।

वडाअध्यक्ष तारामल कठरियाको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी उक्त डस्टबिनहरु हस्तान्तरण गरिएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा डिप्रोक्स लघुबित्त संस्थाका सुदुरपश्मि प्रदेश प्रमुख अर्जुन पोखरेल रहेका थिए । कार्यक्रममा संस्थाका कर्मचारी, वडाका प्रतिनिधि तथा स्थनिय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाअध्क्ष करियाले लघुबित्त संस्थाले लघुउद्यम विकाससंगै सामाजिक उत्तरदायीत्वमा पनि भुमिका खेलेकोमा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि संस्थाबाट वडामा यस्तै सामाजिक कार्यको अपेक्षा रहेको उनले बताए । त्यस्तै डिप्रोक्स लघुबित्त वित्तिय संस्थाका सुदुरपश्मि प्रदेश प्रमुख पोखरेलले सामाजिक उत्तरदायीत्व हाम्रो आवश्यकता अन्तर्गत देशभरिका शाखाले यस्ता कार्यक्रम गरिरहेको बताए । उनले आगामी दिनमा पनि संस्थामार्फत यस्ता कार्यक्रम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत कैलारी गाउपालिका वडा न. ०८ लाई एक कार्यक्रमका बिच डस्टबीन वितण गरिएको शाखा प्रमुख लोक बहादुर साउदले बताउनुभयो । उनले शाखा अन्र्तगत बित्तिय साक्षरता सगै विभिन्न सिपमुलक तालिम मार्फत महिलालाई स्वाबलम्बी बनाउने काम गर्दै आईरहेको बताए ।

















