तोलामा दुई हजारले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले घटेको छ । अधिल्लो दिन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँ घटेर १ हजार ३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।