अत्तरिया उद्योग वाणिज्य संघद्धारा साधारण सभाका लागि नयाँ सदस्यता आह्वान

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले नयाँ सदस्यता लिनका लागि आह्वान गरेको छ । संघले बिहिबार पत्रकार सम्मेलन मार्फत नयाँ सदस्यताका लागि आह्वान गरको हो ।

maya metro hospital

संघका अध्यक्ष अशोक राज देवकोटाले बार्षिक साधारण सभा आयोजना गर्नको लागि नयाँ सदस्यता खुला गरिएको बताए । उनले पुराना सदस्यलाई नविकरण गर्न पनि आह्वान गरेका छन ।

joshi vada pasal 2

संघको बैठकले संघमा आवद्ध सदस्यहरुको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिन चाहनेका लागि यही फागुन २० गतेसम्मको समयावधी तोकिएको छ । नयाँ सदस्यहरुले संघको नयाँ नेतृत्वका लागी हुने निर्वाचनमा समेत सहभागीता जनाउन पाउने अध्यक्ष देवकोटाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.