खाेज्नुहाेस

चर्काे ब्याजदर घटाईनुपर्ने अत्तरिया क्षेत्रका हार्डवेयर व्यवसायीको माग

Image

अत्तरिया – चरम उत्कर्षमा पुगेको बैंकको व्याजदर घटाइनुपर्ने व्यापारीहरुले माग गरेका छन । मंगलबार बैठक बस्दै अत्तरिया क्षेत्रका हार्डवेयर व्यवसायीहरुले चर्काे रुपमा रहेको बैंकको ब्याजदर घटाइनुपर्ने माग गरेका हुन । उनिहरुले बैंकहरुले अत्याधिक ब्याजदर बढाएको र बेस रेटमा ह्वात्तै मुनाफा राखेर ब्याज असुलिरहेकाले त्यस्तो कार्यहरु रोकि सहुलियत रुपमा ब्याजदर कायम गरिनुपर्ने बताएका छन ।

navjiwan hospital

कैलाली हार्डवेयर व्यवसायी संघका उपाध्यक्ष नैनसिँह कार्किले चर्काे रुपमा तोकिएको ब्याजदर घटाउन बैंकहरुलाई आग्रह गरे । उनले बेस रेटबाट ह्वात्तै मुनाफा कमाउने हिसाबले बैंकहरुले लगाईएको ब्याजदर तिर्न नसकिने समेत बताए । ‘देशमा आर्थिक मन्दी भएको अवस्थामा व्यापार व्यवसाय घट्दो र ब्याजदर बढ्दो अवस्थामा रहेको छ, अन्य खर्चपनि बढीरहेकाले व्यापारीहरुले बैंकको चर्काे ब्याजदर धान्न सक्ने अवस्था छैन’ उनले भने ‘बैंकको बेस रेट भन्दा १÷२ प्रतिशत बढी ब्याजदर दिन सकिन्छ तर अहिले बैंकले आफु मनोमानि तोकेको ६÷७ प्रतिशत बढी ब्याजदर तिर्न सकिदैन ।’

attariya hospital

उनले बैंकको ब्याजदर घटाउने विषयमा जिल्ला प्रशासन कार्यालय, राष्ट्र बैंक र सरकारलाई पनि दवाव दिईने बताए । उनले अत्तरिया उद्योग वाणिज्य संघ, हार्डवेयर व्यवसायी संघ कैलाली र गोदावरी चेम्बर अफ कर्मश लगायतका व्यापारीक संघसंस्थाहरु मिलेर बैंकहरुको ज्यादतीका विरुद्ध आन्दोलनमा उत्रिने समेत बताए ।

‘पहिलो चरणमा ब्याजदर घटाउने माग कार्यान्वयनका लागी उपसमिति गठन गरी अत्तरिया क्षेत्रका सम्पुर्ण बैंक तथा वित्तिय संघसंस्थाहरुलाई मागपत्र बुझाउछौ’ उनले भने ‘त्यसको एक हप्तासम्म पनि माग सम्बोधन नभएको खण्डमा अर्काे चरणमा बजार बन्द गर्ने, बैंकहरुमा कर्मचारी छिर्न नदिने, ब्याज नतिर्ने, पसल बन्द गर्ने, चक्काजाम गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु हामिले गर्नेछौ ।’ उनले मागपत्रको बोधार्थ राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई पनि दिईने बताए । अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कल्याण सिँह बोहराको अध्यक्षतामा अत्तरिया क्षेत्रका हार्डवेयर व्यवसायीहरुको बैठक बसेको थियो ।