दीपेन्द्र श्वार स्मृति डीसीए कप क्रिकेट : सरस्वती र त्रिभुवन विजयी

धनगढी – धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा सरस्वती माध्यमक विद्यालय र ले जित हात पारेको छ । बिहान भएको खेलमा सरस्वतीले शारदा विद्या निकेतनलाई ३६ रनले पराजित गर्यो ।

maya metro hospital

टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । सरस्वतीका लागि मुस्कान विष्टले २४ बलमा ५ चौकासहित २५ रन जोडे । यस्तै खेल बोहराले ४० बलमा २ चौकासहित २३ तथा जगदीश भट्टले १४ बलमा ४ चौकासहित २१ रन थपे ।

citizen security services

बलिङतर्फ शारदाका भुपेश भट्टले २ ओभरमा ३ तथा अनिश अवस्थी र खेम बोहराले २–२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको शारदाले १६.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउँन सक्यो । उसका आकाश विष्टले १८, आयुष महराले १३ र नबिन महताले ८ रन जोडे ।

attariya hospital

बलिङतर्फ नरेन्द्र महराले ३ तथा रमेश महता तथा नबिन महताले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सरस्वतीका खेम बोहरा चुनिए ।

यस्तै दिउँसो भएको अर्को खेलमा त्रिभुवन माविले थ्रीस्टर बोर्डिङ स्कुललाई ४ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवनले १५.३ ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

उसका कुशल बोगटीले ३६ बलमा ५ चौकासहित ३६, विनय जोशीले १२ र सुशील भाटले १४ रन जोडे । बलिङमा थ्रीस्टारका विनय जोशी र सुशील भाटले ३–३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको थ्रीस्टारले १७.१ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउँन सक्यो । उसका सचिन कुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए । बलिङतर्फ शम्शेर खड्काले ३ तथा किरण शाहु, सचिन कुमार नेगीले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच त्रिभुवन माविका सुशील भाट चुनिए ।

प्रतियोगितामा मंगलबार पहिलो खेल एभीन र कैलाली मोडल तथा दोस्रो खेल बात्साल्या मावि र लिटिल फ्ल्वारबीच हुनेछ । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् । डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.