अत्तरियामा जारी महोत्सव सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको सोमबार समापन गरिएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा पौष २७ गते देखि सुरु भएको महोत्सवको एक औपचारीक कार्यक्रमका बीच समापन गरिएको हो ।

maya metro hospital

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि रहेका गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।

joshi vada pasal 2

समापन कार्यक्रममा बोल्दै मेयर भट्टले अत्तरिया क्षेत्रमा खुला मञ्च र खेलकुद मैदानको आवश्यकता रहेको बताए । उनले अत्तरियामा मेला महोत्सव र सार्वजनिक कार्यक्रम संचालनका लागि खुला मञ्च नहुदाँ समस्या भएको बताए ।

raunak fals and silling

उनले अत्तरियामा भएको खुला ठाउँ लगायत बसपार्क क्षेत्र, खेल मैदान, दुर्गालक्ष्मी बहुमुखि क्याम्पस जाने बाटो नेपाली सेना र सशत्र प्रहरीले भोगचलनमा लिएकाले समस्या भएको बताए ।

‘सेना र सशस्त्रका साथिहरुले यस क्षेत्रको जग्गा हाम्रो हो हाम्रो भोगाधिकारमा पर्छ भनेर भनिरहनुभएको छ’ उनले भने ‘म यही मञ्चबाट आह्वान गर्दछु । तपाईहरु अत्तरियाको विकासको बाधक नबनिदिनुस् ।’ उनले राजधानी क्षेत्र भएकाले यस क्षेत्रमा क्षेत्रिय स्तरको बसपार्क, खेलमैदान आवश्यक रहेको बताए ।

उनले अत्तरिया क्षेत्रका व्यवसायीहरुले नगरपालिकामा व्यवसाय दर्ता नगरी बढेको भन्दै आगामी दिनमा सबैलाई दर्ता गर्न आग्रह गरे ।
‘हिजोको असहजता के थियो । त्यसलाई कसरी सहज गर्ने त्यसका लागि म तयार छु’ उनले भने ‘सबैसंग सल्लाह गरेर यो प्रक्रिया सूर गर्नको लागि म व्यवसायी साथिहरुलाई अनुरोध गर्दछु ।’

सोमबार सम्पन्न महोत्सवमा देउडा गायक भोजराज भट्ट र लोकदोहोरी गायिका कल्पना दाहल लगायतका कलाकारले पनि बिशेष प्रस्तुती राखेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.