आयातका लागि प्रतितपत्र (एलसी) खोल्नुअघि नै नगद मार्जिन बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले हटाएको छ । एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था हटाएको हो । अब कुनै पनि वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्नु पर्दैन ।

२०७८ मंसिर र माघदेखि राष्ट्र बैंकले करिब १६ सय वस्तुको आयात गर्दा एलसी खोल्नुअघि नै ५० देखि शत प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

आयात अत्याधिक बढेको र यसले विदेशी मुद्रा सञ्चिति घटाएपछि राष्ट्र बैंकले आयात निरुत्साहनस्वरुप यस्तो प्रयास गरेको थियो ।
