खाेज्नुहाेस

टीकापुर महोत्सवको तयारी तीव्र

Image
file photo

टीकापुर – टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ ।

महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष चक्रपाणी सापकोटाले भने, ‘रमाइलो मेलामा झुलादेखि लिएर टेन्टको सबै काम भएको छ यसमा पनि १० प्रतिशत बाँकी छ ।’

holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital

महोत्सव स्थलभित्र मात्रै ९० स्टल राखिएका छन् । जसमा थारु गाउँ, मगर गाउँ, कृषि मेला, शैक्षिक प्रदर्शनी, स्थानीय उत्पादित सामग्री, महिला उद्यमीका स्टल रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

उनले अघिल्ला महोत्सवभन्दा यसपटकको महोत्सवमा धेरै कुरा परिवर्तन रहेको बताए । ‘बाल उद्यान, शैक्षिक क्रियाकलापका स्टल राखिएका छन्, विद्यार्थीलाई सिकाइ हुने खालका स्टल पनि छन’, स्टल व्यवस्थापन समितिका संयोजक बमबहादुर ओलीले भने ‘टीकापुर बहुप्राविधिक शिक्षालयले कार्यक्रम पनि गर्दैछ ।’ महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा १० प्रतिशत छुट दिइएको छ ।

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना : समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ माघ ४ देखि १६ सम्म महोत्सव आयोजना हुँदैछ । महोत्सवस्थलमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका स्टल शुल्क रु दुई हजार पाँच सयदेखि रु २५ हजारसम्म तोकिएको छ ।

navjiwan hospital

‘महोत्सवबाट रू ६० लाखसम्म आम्दानी हुने अनुमान गरेका छौँ’, उहाँले भने ‘करिब रू ४० लाख खर्च हुने र टिकटबाट रू ३० लाखसम्म आम्दानी हुने अनुमान छ’, सङ्घका उपाध्यक्ष कृष्ण बजगाईंले भने ।

वाणिज्य सङ्घले सिजनल टिकट बिक्री सुरु गरिसकेको छ । यसपटक विद्यार्थी र अन्यका लागि ६० हजार टिकट छपाइ भएको छपाइ तथा टिकट व्यवस्थापन समितिका संयोजक लोकेश साउँदले बताए । ‘विद्यार्थीका लागि रू ५०, अन्यका लागि रू ७० तोकिएको छ’, साउदले भने ‘रू तीन सयमा सिजनल टिकट बिक्री सुरु भइसकेको छ ।’

विसं २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । महोत्सव स्टेज परिसरमा इन्टरनेट र सुरक्षाका लागि सिसी क्यामरा जडानलगायतका कार्य भइरहेका प्रविधि व्यवस्थापन समिति संयोजक लालबहादुर चौधरीले बताए ।

महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा सङ्घले लिएको छ । वाणिज्य सङ्घले महोत्सवमा मनोरञ्जनसँगै व्यापारिक विकास र टीकापुरका सम्भाव्यताको खोजी हुने अपेक्षा गरेको छ । ‘महोत्सवमा सयौँ स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहनेछन’, महासचिव नवराज रिमालले भने ‘हामीले स्थानीय कलाकारलाई समेटेका छौँ । स्थानीयस्तरमा रहेका कला संस्कृति संरक्षण गर्ने उद्देश्य पनि हो । महोत्सवमा विभिन्न विद्यालयका प्रस्तुतिसमेत रहनेछन् । यसका साथै चर्चित कलाकार टीकापुर पुग्नेछन् ।’

आयोजकले महोत्सवका माध्यमबाट यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ । ‘महोत्सवमा आउनेहरु यहाँका पर्यटकीय ठाउँ टीकापुर पार्क, सत्ती कर्णाली सामुदायिक वन, यहाँ ताल तलैया घुम्नेछन’, महासचिव रिमालले भने ‘यस क्षेत्रमा व्यापारिक गतिविधिसमेत बढ्नेछन् ।’

रासस