अपि सैपाल सहकारीको १३औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष बसन्त रोकाया (ललीत) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

maya metro hospital

joshi vada pasal 2

कार्यक्रममा बोल्दै उनले सहकारीले शेयरसदस्यहरुको आर्थिक स्तरोन्नतीका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ नै संस्थाको स्थापना भएको देखिएको र सोही अनुसारको कार्य सहकारीले गर्दै आएको बताए । संस्थाको वर्तमान अवस्था हेर्दा संस्थाले छोटो समयमा नै राम्रो प्रगती गरेको बताउदै उनले संस्थाले आम सदस्यहरुलाई पनि सहज रुपमा सेवा उपलब्ध गरेको देखिएको बताए । उनले सहकारीसँग जोडिएका रहेक कार्यमा नगरले समन्वय गर्ने बताए । साथै उनले नगर सदैव सहकारी संस्थाको साथमा रहने समेत बताए । कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मानित गरेको थियो ।

उत्कृष्ट सहकारीको रुपमा सम्मानित

raunak fals and silling

अपि सैपाल सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा सम्मानित समेत भैसकेको छ । जिल्ला सहकारी डिभिजन कार्यालय कैलालीले गरेको सर्वेक्षणमा जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा अपि सैपाल पुरस्कृत भएको संस्थाका अध्यक्ष बसन्त रोकायाले बताए । उनले ४९औ राष्ट्रिय सहकारी दिवशको अवसरमा अपि सैपाललाई नगद र प्रसंसा पत्रले सम्मानित गरिएको बताए ।

यसैगरी सहकारीले शेयरसदस्यहरुको सहजताका लागी सञ्चालन गरिएको रेमिटान्स सेवालाई निरन्तरता दिएको छ । सहकारीमा आवद्ध सदस्यहरुलाई रेमिटान्स मार्फत पैसा निकाल्न समस्या हुने गरेको भन्दै सहकारीले करिब ८ वर्ष अगाडी नै प्रभु रेमिटान्स सँग सम्झौता गरी कार्य थालनी गरेको थियो । उक्त रेमिटान्स सेवा हालसम्म पनि सहकारीले सञ्चालनमा ल्याई नै राखेको छ भने त्यसमा थप गरी YES रेमिटान्स पनि सहकारीले सुरु गरेको अध्यक्ष रोकायाले बताए ।

करिब ९ करोडको कारोबार, १३ लाख नाफा

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म करिब ८ करोड बराबरको कारोबार गरेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ८ करोड ९२ लाख ३१ हजार २५२ रुपैया बराबरको कारोबार गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । त्यसबाफत संस्थाले १३ लाख ९६ हजार ५१० रुपैया नाफा कमाएको छ । संस्थाले ७ करोड ४० लाख ७ हजार ८२७ रुपैया ऋण लगानी गरेको छ भने संस्थाले फिर्ता गर्नुपर्ने ऋण ३० हजार रहेको छ ।

२०६६ सालमा २६ जना शेयरसदस्यबाट सञ्चालीत सहकारीमा हाल ३ हजार २ सय जना शेयरसदस्यहरु रहेका छन भने संस्थाको शेयरपुँजी १ करोड ५६ लाख १५ हजार ३ सय रुपैया रहेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.