अत्तरियामा रहेको उज्यालो उद्यम विकास सहकारीको छैटौं वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा रहेको उज्यालो उद्यम विकास सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यमा सहकारीको साधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको हो ।

maya metro hospital

साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य देवकोटाले सहकारीहरु पछिल्लो समय गरिब र विपन्नको आयआर्जनको माध्यम बनेको बताइन् । उनले सहकारीहरुको स्थापना पछि साहु महाजनको चर्को व्याजबाट मुक्ति मिलेको बताइन् ।

‘हिजो आज गाउँघरमा साहु महाजनको चर्को व्याजबाट बच्नको लागि सहकारीले महत्तपूर्ण भूमिका खेलेको छ’ उनले भनीन् ‘अहिले गाउँघरमा टोल –टोलमा वडा–वडामा सहकारी खुलेका छन् । जसले गाउँमा बचत गरेर बिभिन्न व्यवसाय संचालन गर्न सहज भएको छ ।’

attariya hospital

उनले सहकारीले कसैमाथि विभेद नगरी सबैलाई समान रुपमा अगाडी बढाउन आवश्यक रहेको बताइन् । उनले भनीन् ‘सहकारी आयआर्जन गर्ने माध्यम बनेको छ । यसको लक्ष्य नै सबै सहकार्य गर्ने भएकाले यसमा महिला, दलित, जनजाती कसैमाथि पनि भेदभाव नगरी अगाडी बढ्नुपर्छ ।’

उनले आफू सांसद हुनु भन्दा पहिले सहकारीकर्मी पनि भएकाले आगामी दिनमा सहकारी क्षेत्रको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

सहकारीका अध्यक्ष वीर बहादुर भाटको अध्यक्षतामा भएको उद्घाटन समारोहको विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख दिब्य राज जोशी रहेका थिए ।

सहकारीकी उपाध्यक्ष पवित्रा साउँदले स्वागत मन्तव्य राखेको उद्घाटन समारोहमा सहकारीका सचिव डल्लु रानामगरले आयव्यव विवरण प्रस्तुत गरेका थिए । उनले सहकारीले गत आर्थिक बर्षमा करिब २ करोड बरावरको कारोबार गरेको बताए । उद्घाटन समारोहको संचालन सहकारीकी सदस्य चित्रा नौन्यालले गरेकी थिइन् ।

असल बाल बचतकर्ता सम्मानित

सहकारीले साधारण सभामा असल बाल बचतकर्ता बालबालिकालाई सम्मानित गरेको थियो । सहकारीमा बचत गर्ने ३ सय बालबालिक मध्ये उत्कृष्ट ५ बालबालिकालाई सहकारीले सम्मानित गरेको हो ।

सम्मानित हुनेमा गोदावरी नगरपालिका – ८ की शशिकला अधिकारी, गोदावरी – १० का प्राञ्जल भट्ट, गोदावरी – २ का कविर शाह र गोदावरी – १ का रमित राना र आशिस भट्ट रहेका थिए ।

यस्तै सहकारीले असल ऋणकर्ता ३ जना, असल बचतकर्ता ३ जना र असल बजार प्रतिनिधि ममता चौधरी सम्मानित गरेको थियो ।

नयाँ कार्यसमिति चयय, अध्यक्षमा साउँद

सहकारीले बार्षिक साधारण साभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा पवित्रा साउँद चयन भएकी छिन् ।

त्यस्तै उपाध्यक्षमा देवराज भट्टराई, सचिवमा डल्लु रानामगर, कोषाध्यक्षमा राजकुमार भट्टराई चयन भएका छन । सदस्यमा लक्ष्मी ओड, अशोक भट्ट, चित्रा नौन्याल, धन बहादुर रावत, भीम बहादुर ओली चयन भएका छन ।

सहकारीको लेखा समितिको संयोजकमा निराजन भाट र सदस्यमा पार्वती कुमारी भण्डारी र गोरख नाथ गुप्ता चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.