अत्तरिया – कैलालीको अतरियामा बुधबारदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा सातौ संस्करणको महोत्सव अत्तरियाको लामिताल परिसरमा सुरु भएको हो ।

महोत्सवको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले महोत्सव सफलताको शुभकामना दिए । उनले महोत्सवमा अत्तरिया उद्योग बाणिज्य संघले राखेका मागको सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताए ।

‘महोत्सवले यस क्षेत्रका स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग गर्नेछ भन्ने अपेक्षा लिएको छु’ उनले भने ‘महोत्सव सफल बनोस भन्ने शुभकामना दिन्छु ।’
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट उपप्रमुख सारदा रोकाया लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महोत्सव अघि विभिन्न संघसंस्थाहरुको सहभागीमा अत्तरिया बजारमा ¥याली निकालिएको थियो ।
४ बुदे माग पेश
महोत्सवमा प्रमुख अतिथि समक्ष अत्तरिया उद्योग बाणिज्य संघले ४ बुदे माग पेश गरेको थियो । जसमा गोदावरी नगरपालिका क्षेत्रभित्र अभाव रहेको प्रदर्शनी स्थल यथासक्य हाल महोत्सव संचालन भइरहेको स्थानलाई तोकिनु पर्ने, श्रीपुर औद्योगिक करिडोरको कार्य यथासिघ्र कार्यान्वयनमा ल्याउनु पर्ने, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मीक पर्यटकिय क्षेत्रका रुपमा घोषणा गरिनु पर्ने र अत्तरिया बजार क्षेत्रको भिमदत्त राजमार्गको पुर्व पट्टी रहेको जग्गा नेपाली सेनाको भोगाधिकारमा रहेको भएपनि उक्त जमिन बर्षौ देखि आफ्ना घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आइका व्यापारीहरु रुवयमको हकहितमा हुने गरी कार्यान्वयन गराउन माग गरिएको छ ।

उक्त माग अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कमल कडायतले पढेर सुनाएपछि संघका अध्यक्ष अशोक देवकोटाले प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
अत्तरिया उद्योग बाणिज्य संघले महोत्सवमा प्रमुख अतिथि समक्ष बिभिन्न माग राख्दै आइको छ । गत बर्ष आयोजना गरेको महोत्सवमा प्रमख अतिथि बनेका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले समक्ष पनि ५ वुदे माग पेश गरिएको थियो ।
जसमा गोदावरीमा राजधानी यथाशिघ्र कार्यान्वयन गरिनु पर्ने, लालपुर हरैयालाई औद्योगिक करिडोरको रुपमा स्थापना गरिनु पर्ने, गोदावरी भित्र खुल्ला मञ्चको व्यवस्थापन गरिनु पर्ने, गोदावरी धाम तथा हाटखोली क्ष्ँेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गरिनु पर्ने र लामितालको संरक्षण र समवर्धन गरिनुपर्ने माग राखिएका थिए ।
लामितालमा डुंगाको व्यवस्था
महोत्सव स्थलमा रहेको लामितालमा यस बर्ष डुंगाको व्यवस्था गरिएको छ । महोत्सव भित्र प्रवेश गरेपछि उक्त डुगां चढ्न पाइने छ । महोत्सवमा डुंगा संचालनका लागि भने सेती कर्णाली रेपिड एड्भेन्चर संग सम्झौता गरिएको छ ।
सेती कर्णाली रेपिड एड्भेन्चरका संचालक बिष्णु प्रशाद जैसीले डुंगाको आनन्द लिनको लागि ५० र १ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको बताए । महोत्सवमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने आयोजनकले जनाएको छ । महोत्सवमा १५० वटा स्टल रहेका छन ।
माघ ९ गतेसम्म संचालन हुने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।
