विश्वज्योती महिला विकास सहकारीको २०औ साधारण सभा सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष तुलसी देवकोटाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।

maya metro hospital

कार्यक्रममा बोल्दै प्रदेश सहकारीको अर्थ सबै मिलेर काम गर्ने र सबैलाई एक समान माथि उकास्नु रहेको बताए । उनले सहकारीमा अरुको अस्तित्व स्विकार गर्ने र अरुबाट आफु पनि स्विकृत भएर जिम्मेवारी बहन गर्ने विचारधाराको अधिन रहेको बताए ।

attariya hospital

सहकारीलाई संविधानले पनि आर्थिक स्तम्भका रुपमा स्विकार गरेको उनले बताए । उनले विपन्न र निम्न मध्यम वर्गिय परिवारका व्यक्तिहरुको आर्थिक स्तर र जिवनस्तर माथि उकास्ने काम सहकारीहरुले गरिरहेको उनले बताए । उनले महिलाहरुलाई घरायसी वातावरणबाट बाहिर ल्याई देशको सर्वाेत्तम निकायमा पु¥याउने माध्यम पनि सहकारी बनेको बताए । ‘सहकारीहरुले विभिन्न विषयहरुमा महिलाहरुको हक हितका लागी काम गर्दै आएको छ’ उनले भने ‘आर्थिक रुपमा विपन्न परिवारलाई माथि ल्याउन सहकारीहरुको भुमिका अहम छ ।’

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो । संस्थाकी अध्यक्ष तुलसी देवकोटाले वार्षिक निति तथा कार्यक्रमका साथै संस्थाको प्रगती प्र्रतिवेदन प्रस्तुत गरेकी थिईन भने कोषाध्यक्ष लक्ष्मी भट्टले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव खिमा देवी ओझाले गरेकी थिईन ।

८ करोड बढीको आर्थिक कारोबार

आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म संस्थाले ८ करोड भन्दा बढीको आर्थिक कारोबार गरेको छ । आर्थिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा संस्थाले ८ करोड ४८ लाख १६ हजार ८६५ रुपैया को कारोबार गरेको देखिएको छ । संस्थाले उक्त कारोबार वाफत १ लाख ९७ हजार ६४० रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षमा १ करोड २७ लाख ५६ हजार ३ सय रुपैया शेयरपुँजी रहेको संस्थामा आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म १ करोड ३९ लाख ६३ हजार ३ सय रुपैया पुगेको छ । संस्थामा उक्त आर्थिक वर्षमा रु. ५ करोड ६० लाख ४ हजार ९१३ रुपैया निक्षेप पुगेको छ भने संस्थाले ७ करोड ४४ लाख १९ हजार ७०४ रुपैया कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.