खाेज्नुहाेस

छरिएर रहेको पुजिँ एकिकृत भए राम्रो काम गर्न सकिन्छ : प्रदेश सभा सदस्य देवकोटा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तुलसी देवकोटाले सहकारीहरुको छरिएर रहेको पुजिँ एकिकृत गर्न सके राम्रो काम गर्न सकिने बताएकी छन । सोमबार कैलालीको अत्तरियामा जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था र प्रगती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको एकिकरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन ।

navjiwan hospital

उनले सानो सानो पुँजी समातेर छरिएका सहकारीहरु एक ठाउँमा आए पुँजीको आकार बढ्ने र ठुलो व्यवसायीक काम गर्न सकिने बताईन । गोदावरी नगरपालिका – ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी उनले आफुहरुले ३÷४ वर्ष अघिदेखी नै प्रयास गरेको भएपनि सफल हुन नसकेको बताईन । ‘३/४ वर्ष अघिदेखी नै यहाँका ४ वटा महिला सहकारीहरुलाई एकिकरण गर्न ठुलो प्रयास ग-यौ, टोली नै बनाएर सहकारीहरु एकिकरण भएका स्थानमा भ्रमण पनि ग-यौ, तर सफल हुन सकेनौ’ उनले भनिन् ‘तर दुई वटा सहकारीहरु आज एक आपसमा एकिकरण हुन लागेका छन, यो राम्रो प्रयास हो, यसले सहकारीहरुलाई वृहत व्यवसायीक योजना बनाउनलाई सहयोग पुग्छ ।’

attariya hospital

उनले सहकारीहरुले छरिएको पुँजीलाई एक ठाउँमा गाभ्न सके विभिन्न बहुउद्देश्यिय योजनाका कामहरु गर्न सकिने बताईन । उनले ढाका उद्योग सञ्चालन गर्ने, सहकारीको सुपथ मुल्य पसल सञ्चालन गर्ने लगायतका बहुउद्देश्यिय कामहरु गर्न सके सदस्यहरुको पनि आयआर्जनमा वृद्धि गर्न सकिने बताईन । उनले महिला सहकारीहरुले महिला नेतृहरु पनि उत्पादन गरिरहेकाले एक आपसमा समन्वयात्मक एवम् सहयोगीको भावना हुन आवश्यक रहेको बताईन ।

उनले आफु पनि सहकारीबाट नै आज प्रदेशको सदस्य हुन सफल भएको र आगामी दिनहरुमा सहकारीहरुका निति तथा कार्यक्रम र सहकारीको उत्थानका लागी गर्नुपर्ने कार्यमा पछि नहट्ने बताईन ।