खाेज्नुहाेस

अत्तरियामा ८० लाखको लगानीमा खुल्यो जे.जे. ट्रेडर्स एण्ड सप्लायर्स

Image

अत्तरिया – कैलालीको अत्तरियामा जे.जे. ट्रेडर्स एण्ड सप्लायर्स सञ्चालनमा आएको छ । स्थानिय युवाद्धय यज्ञराज जोशी र सुशील जोशीले करिब ८० लाखको लगानीमा उक्त पसल सञ्चालनमा ल्याएका हुन । उक्त पसलको आईतबार कैलाली चेम्बर अफ कर्मशका अध्यक्ष विनोद मल्लले उद्घाटन गरेका छन ।

navjiwan hospital

बजारको अवस्था र समय अनुसार ग्राहकहरुको विश्वसनियतालाई आत्मसाथ गर्दै उक्त पसल सञ्चालनमा ल्याएको पसलका सञ्चालक सुशिल जोशीले बताए । उनले २ वर्ष अगाडी पेन्ट बजार भनेर सुरुवात गर्दा ग्राहकहरुको विश्वास देखेर त्यो सँगसँगै विजुली तथा वाईरिङ सम्बन्धी पसल खोल्न आत्मबल मिलेको बताए । ‘ग्राहकले दिएको साथ र उनिहरुको विश्वासको बलले यो पसल सञ्चालन गर्ने योजना जुरेको हो’ उनले भने ‘त्यतिमात्रै नभई पेन्टको पसलमा आउने ग्राहकहरुले वाईरिङका सामग्रीहरुको पनि माग गर्न थालेपछि यसैलाई अगाडी बढाउने निर्णय गरेर पसल सञ्चालन गरियो ।’

attariya hospital

उनले बस्तुहरुको बारेमा जानकारी नभएका ग्राहकहरुलाई पनि गुणस्तरिय सामग्रीहरु दिने मनसाय रहेको बताए । ‘कतिपय ग्राहकहरु पहाडी क्षेत्रबाट आउँछन, उनिहरुलाई केही पनि थाहा हुदैन’ उनले भने ‘त्यस्ता ग्राहकहरुलाई कम्पनिको नाम मात्रै नभई कम्पनिले उत्पादन गरेका वस्तुहरुको गुणस्तरियता र त्यसको विशेषताहरुको बारेमा जानकारी दिने हाम्रो लक्ष्य रहेको छ ।’ उक्त पसलबाट सामग्री लैजाने ग्राहकहरुलाई प्राविधिक सर्पाेट पनि रहने उनले बताए ।

उनले प्राविधिकहरुले तिन–तिन महिनाको अवधीमा ग्राहकको घरमा गएर अवलोकन गर्ने र ग्राहकहरुलाई प्राविधिक कमी कमजोरी तथा कार्यहरुका बारेमा जानकारी दिने बताए । त्यसका साथै अत्तरिया बजारमा पनि राम्रो सामग्री पाईन्छ है भन्ने कुरा ग्राहकहरुमा दर्शाउन र वाईरिङ तथा पेन्टिङ सम्बन्धीका सम्पुर्ण सामग्रीहरु एकै ठाउँमा पाईने वातावरण सृजना गर्न जे.जे. ट्रेर्डस ले मद्दत गर्ने उनले बताए । उनका अनुसार पसलमा हाउस वाइरिङ, प्लम्बिङ्ग, पेन्टिङ तथा सम्पूर्ण स्यानिटरि लगायतका सामाग्रीको सेवा उपलब्ध रहेको छ ।