आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आज जनावरी १ अर्थात् सन् २०२३ को पहिलो दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो। आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।
