खाेज्नुहाेस

समानता कृषि सहकारीको तेस्रो बार्षीक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ बसन्तपुरमा रहेको समानता कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सहकारीको तेस्रो बार्षीक साधारण सभा गुह्येश्वरी माविको प्राङ्गणमा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष खिमा देवी बिकको सभापतित्वमा भएको साधारण सभा उद्घाटन कार्यक्रमका प्रमुख अथिती गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए भने बिशिष्ठ अथितीमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहेका थिए ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा सहकारीका उपाध्यक्ष देवराज भट्टले बार्षीक प्रतिबेदन तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै सहकारी सचिव विलियम सिं ले आर्थीक बर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिबेदन पेस गरेका थिए ।

सहकारीमा हाल सम्म २१० जना शेयर सदस्य छन् भने २०७८÷७९ सम्म कुल कारोबार ३२ लाख ५३ हजार ५४२ भएको छ । सम्पत्ति तथा दायित्व वासलातमा १८ लाख ३६ हजार २०३ रहेको छ भने जम्मा आम्दानी २ लाख ३७ हजार ३६१ भएको र, जसमध्ये शुद्ध नाफा ७३ हजार ६९२ भएको सचिव विलियम सिं ले बताएका छन ।

बार्षीक साधारण सभामा उत्कृष्ट ५ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालालन संस्थाका म्यानेजर तथा सविच विलियम सिं ले गरेका थिए ।