सुन–चाँदीको मुल्य घट्यो

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।

maya metro hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

joshi vada pasal 2

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.