सदस्य उकास्ने गोदावरी आधुनिकका कृषि योजना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको गोदावरी आधुनिक कृषि सहकारी संस्थाले शेयर सदस्यहरुको जिवनस्तर उकास्ने खालका कृषि योजनाहरु अगाडी सारेको छ । शनिबार संस्थाको चौथो वार्षिक साधारण सभामा संस्थाका सञ्चालक समिति सदस्य गणेश महराले संस्थाका भावि कृषि योजनाहरुका बारेमा जानकारी दिएका थिए ।

maya metro hospital

संस्थाले कृषि सम्बन्धी योजनाहरुमा सर्वप्रथम मलखादको विषयलाई समेटेको छ । कृषकहरुले समयमा मलखाद नपाउने समस्या बढी रहेका समयमा शेयरसदस्यहरुलाई मलखादमा समस्या नहोस भन्ने हेतुले सर्वप्रथम मलखाद विक्रिवितरणको विषयलाई प्रतिवेदनमा समेटिएको संस्थाका प्रबन्धक डिल्ली राज पनेरुले बताए । उनले कृषि कार्य नै शेयरसदस्यहरुको जिवनस्तर माथि उकास्ने योजना रहेको बताए ।

joshi vada pasal 2

त्यसका साथै सहकारीले दातृ निकायसँग समन्वय गरी शेयर सदस्यहरुलाई कृषि औजार उपकरणहरु सहुलियत दरमा वितरण गर्ने समेत योजना राखेको उनले बताए । उनले सहकारीले तत्कालै सस्तो पसल सञ्चालन गरी सो मार्फत नै सदस्यहरुका उत्पादनहरुलाई विक्रिवितरण गर्ने काम गर्ने बताएका छन । सस्तो पसलका लागी तयारी भैसकेको र केही समय भित्र सहकारीले सस्तो पसल सञ्चालनमा ल्याईरहेको प्रबन्धक पनेरुले बताए ।

raunak fals and silling

उनले कृषि काम गर्ने कृषकहरुलाई छिटो र छरितो रुपमा समयको सदुपयोग हुने गरी व्यवसायीक रुपमा कृषि कार्य गर्न सहयोग पु¥याउन उक्त योजना ल्याईएको बताए । उनका अनुसार सहकारीमार्फत नै शेयरसदस्यहरुलाई बाख्रा पालन तालिम सञ्चालन गर्ने योजना समेत सहकारीको रहेको छ । कृषि क्षेत्रमा मात्रै नभई सहकारीले अन्य विविध क्षेत्रमा पनि संस्थाको हित र शेयरसदस्यहरुको सिप प्रर्वद्धन गर्ने खालका योजनाहरु ल्याएको छ । सहकारीले शेयरसदस्यहरुका लागी सिपमुलक तथा क्षमता अभिवृद्धि तालीम सञ्चालन गर्ने समेत योजना ल्याएको प्रबन्धक पनेरुले बताए । प्रबन्धक पनेरुका अनुसार संस्थाले सामाजिक उत्तरदायीत्व अन्र्तगत पनि विभिन्न सामजिक कार्यहरु गर्ने योजना लिएको छ ।

एक करोड बढीको कारोबार

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म १ करोड भन्दा बढीको कारोबार गरेको छ । शनिबार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा १ करोड २७ लाख ७८ हजार २ सय ५ रुपैयाको कारोबार गरेको छ ।

जसबाट संस्थाले सम्पुर्ण खर्च कटाएर ६० हजार ५ सय रुपैया नाफा आर्जन गर्न सफल भएको छ । संस्था स्थापना लगत्तै सुरु भएको कोरोना महामारीका कारण अर्थव्यवस्था थला परेको अवस्थामा पनि संस्थाले राम्रो प्रगती गरेको संस्थाका अध्यक्ष नैनसिँह कार्किले बताए । उनले कोरोनाको महामारी सकिएलगत्तै संस्थाले प्रगतीको सुरुवात गरेको र आगामी दिनमा सहकारी आफ्नो अलग्गै पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

शनिबार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष कार्किको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धनगढीका प्रबन्धक कृष्ण रावल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । संस्थाका सञ्चालक समिति सदस्य ललिता पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव धर्म सिँह कुँवरले गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.