सहकारीमा ईमान्दारीता र निरन्तरता आवश्यक : बम

अत्तरिया – सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले सहकारीमा ईमान्दारीता र निरन्तरता अति आवश्यक भएको बताएका छन । शनिबार कैलालीको अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन । उनले ईमान्दारीता भएमात्रै सहकारी फस्टाउने बताए ।

maya metro hospital

‘सहकारी फस्टाउनका लागी ईमान्दारीता र निरन्तरता सबैभन्दा महत्वपुर्ण कुरा हुन’ उनले शेयरसदस्यहरुतर्फ इंकित गर्दै भने ‘आफैले बनाएको सहकारीप्रति ईमान्दार बन्नुभएन भने भोलि त्यो पलायन भएर जाने छ, त्यस्ता कयौ उदाहरणहरु हामी माँझ छन ।’ उनले पछिल्लो समय सदस्यहरु ऋण लिन कै लागी धेरै सहकारीहरुसँग आवद्ध हुने परिपाटी मौलाएको बताए ।

joshi vada pasal 2
raunak fals and silling

उनले शेयर सदस्यहरु ईमान्दार नहुँदा कतिपय सहकारीहरु डुबेर बन्द भैसकेका बताए । उनले सहकारीमा ईमान्दारीता र निरन्तरता भए ठुला बैंकहरु धाईरहनुपर्ने अवस्था नरहने बताए । उनले ऋणलाई सहयोगको रुपमा लिई समयमै बुझाए समस्यामा परेको अर्काे मानिसले पनि सहयोग पाउने बताए । उनले सदस्यहरु ईमान्दार बनेमात्रै सहकारीहरु माथी उठ्न सक्ने बताए ।

यसैगरी उनले पुराना महाजनी प्रथाको विकल्पका रुपमा नै सहकारीको अवधारणा आएको बताए । ‘केही वर्ष अगाडी सम्म तराई क्षेत्रमा महाजनी प्रथा प्रचलित थियो । आर्थिक आवश्यकताका कारण आफ्ना उब्जनीहरु अत्यन्तै न्युन मुल्यमा महाजनलाई बुझाउनुपर्ने अवस्था थियो’ उनले भने ‘त्यसैबाट बच्न तत्कालिन सरकारले आफ्नो अधिनमा रहेको साझा संस्थाका रुपमा सहकारीको अवधारणा ल्याएको हो । जसमार्फत हामीहरु मल, बिउ प्राप्त गर्नुका साथै आफ्ना उत्पादनहरु पनि बिक्रि गर्दथ्यौ । त्यसैको विकसित रुपमा आजका निजि बैंक र सहकारी हो भन्ने लाग्छ ।’

आर्थिक दृष्ट्रिकोणले जर्जर अवस्थामा पुगिसकेको नेपालको अर्थव्यवस्था केही हदसम्म सहकारीहरुले धानेको उनले बताए । उनले सहकारी व्यक्तिगत मात्रै नभई समाज र राष्ट्रलाई नै आवश्यक भएको बताए । सहकारी मार्फत देशको आर्थिक समस्या २० प्रतिशत जती समाधान भईरहेको बताउदै उनले आफु सरकारमा गए सहकारीहरुको विकासका निमित्त सकारात्मक रहने बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.