खाेज्नुहाेस

गोदावरीमा १३ सय लालपुर्जा वितरणका लागि तयार भइसकेका छन : मेयर भट्ट

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख (मेयर) बिरेन्द्र भट्टले नगरपालिकामा १३ सय लालपुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको बताएका छन । गोदावरी नगरपालिका – ४ मा पहिलो पटक सुरु गरिएको नापीको उद्घाटन गर्दै मेयर भट्टले मंसिरको निर्वाचनका कारण उक्त लालपुर्जा वितरण हुन नसकेको बताए ।

‘मंसिरको निर्वाचन अघि हामीले १३ सय लालपुर्जा बनाइसकेका थियौ । निर्वाचनको आचारसहिता लागेपछि ति पुर्जा वितरण गर्न पाएनौ । वडा नम्बर १ र २ का तयार भएका पुर्जा पनि हामीले वितरण नगरी राख्नुपर्ने अवस्था आयो’ उनले भने ‘अब आचारसहिता हटे संगै ति पुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुन्छ ।’

attariya hospital
navjiwan hospital

उनले लालपुर्जा वितरण गर्ने तयारी गरेपछि राजश्व धेरै भयो भन्ने गुनासो आएकाले त्यसलाई घटाउन पक्रिया अगाडी बढाएको बताए । ‘हामीले पुर्जा बनाएपछि राजश्व धेरै भयो भनेर गुनासा आएका छन । आफ्नो घर बनाएको १ कठ्ठा जग्गामा पनि २७/२८ लाख राजश्व तिनुपर्ने देखियो’ मेयर भट्टले भने ‘नेपालमै पहिलो पटक गोदावरी नगरपालिकाले राजश्व घटाउनु पर्छ भनेर राष्ट्रिय भूमि आयोगमा ज्ञापन पत्र बुझाएको छ ।’

उनले राजश्वको विषय हाल मन्त्रिपरिषदमा पुगेको बताए । ‘आफैले बसेको जग्गा किन्नुपर्ने अवस्था आयो भनेर हामीले महशुल घटाउनु पर्छ भनेर कार्यपालिका बैठकबाट निणय गरेर ज्ञापन पत्र बुझाएका थियौ’ उनले भने ‘उक्त ज्ञापन पत्र राष्ट्रिय भूमि आयोगले मन्त्रि परिषदमा पठाएको छ । अब महशुल घट्छ भन्ने हामी अपेक्षामा छौ ।’

सम्बन्धित खबर :गोदावरीमा चुनावमा रोकिएको जग्गा नापीको काम आजदेखि सुरु