अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा चुनाव पछि रोकिएको जग्गा नापिको काम आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले जारी गरिएको आचारसहिताका कारण रोकिएको जग्गा नापीको काम बुधबार गोदावरी नगरपालिका – ४ बाट सुरु गरिएको हो ।

गोदावरी नगरपालिका – ४ मा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन । गोदावरीका वडा नम्बर १, २ र ५ मा नापीको निर्वाचन अघि नै सुरुवात गरिएको भएपनि गोदावरी ४ मा भने पहिलो पटक नापी गर्न थालिएको हो ।

जग्गा नापीको सुरुवात गर्दै नगरप्रमुख भट्टले नापीको कामलाई आफूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले छिटो नापीको काम सम्पन्न गर्नका लागि थप कर्मचारी करारमा राखेर काम गरिने बताए ।
हाल गोदावरी ४ मा ३ जना प्राविधिक र २ जना सहयोगिले नापीको काम गरिहेका छन ।
सम्बन्धित खबर : गोदावरीमा १३ सय लालपुर्जा वितरणका लागि तयार भइसकेका छन : मेयर भट्ट