पश्चिम नेपालबाट मनसुन बाहिरियो

विगतका वर्षभन्दा केही ढिलो गरी यस वर्षको मनसुन पश्चिम नेपालबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पश्चिमी भूभागबाट बाहिरिएको हो ।

maya metro hospital

देशका अन्य भूभागमा मनसुन बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । नेपालमा सरदर २ अक्टुबरमा मनसुन बाहिरिने गरेको छ ।

यस वर्ष भने औषतभन्दा केही दिन ढिलो गरी मनसुन बाहिरिन शुरू गरेको हो । यस वर्ष गत जेठ २२ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.