गोविन्द केसीसँग भएको सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

सरकारले डा. गोविन्द केसीबीच स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास र सुधारका विषयमा गरेको सहमतिपत्र कार्यान्वयन गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सरकारी वार्ता टोली र केसीबीच ८ असोजमा भएको सहमतिपत्र अनुमोदन गर्ने निणर्य गरेको हो ।

maya metro hospital

बैठकले ८ असोजमा डा.केसीसँग भएको सहमतिपत्र अनुमोदन गर्ने निणर्य गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधारकालागि भन्दै डा. केसीले पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् ।

यसपटक पनि डा. केसीले विभिन्न सात बुँदे माग राखेर आमरण अनसन थालेका थिए । त्यसबीचमा सरकारी वार्ता टोली र केसी पक्षबीच ८ असोजमा १० बुँदे सहमति भएपछि उनको अनसन तोडिएको थियो ।

attariya hospital

सम्बन्धित समाचार : सरकार र डा. केसी बिचको सहमतिमा गेटालाई प्रतिष्ठानकै रुपमा अगाडी बढाउने सम्झौता

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.