खाेज्नुहाेस

एकै परिवारका ३ जनाको हत्या

Image

बारा – प्रसौनी गाउँपालिका ५ प्रस्टोका गाउँका एकै परिवारका ३ जनाको शव हत्या गरी फालिएको अवस्थामा खोला किनारमा फेला परेको छ । २५ वर्षीया सुजाता चौधरी, उनकी चार वर्षीया छोरी ताहिरा र १६ महिने छोरा राजवीरको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

navjiwan hospital

गाउँबाट उत्तरतर्फ रहेको डोरा खोला किनारमा तीनै जनाको शव फेला परेको हो । दुवै बालबालिकाको शव एक ठाउँमा र आमा सुजाताको शव ३ सय मिटर दक्षिणतर्फ फेला परेको हो । हत्याबारे अनुसन्धान गर्न सुजाताका ३५ वर्षीय पति दीपेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

attariya hospital

प्रहरीले उनलाई आफ्नो निगरानीमा राखेर न्युरो अस्पताल वीरगन्जमा आईसीयूमा उपचार गराइरहेको छ । उनी मंगलबार राति वीरगन्जमा साइकलमा हिँडिरहँदा दुर्घटनामा परी घाइते भएको अवस्थामा नारायणी संघीय अस्पताल वीरगन्जमा उपचार गराइरहेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा फेला पारेको हो ।

प्रहरीले उनीसित बयान लिन पाएको छैन । नारायणी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई न्युरो अस्पतालमा थप उपचारका लागि पठाइएको हो । ‘तीनै जनाको घाँटी रेटेर हत्या गरिएको छ,’ गण्डक इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बोगटीले भने, ‘हत्या गरेर फालिएको अवस्थामा तीनै जनाको शव फेला परेको हो ।’ घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए । सुजाताको काकाले दिएको सूचनाको आधारमा खोजी गर्दै जाँदा तीनै जनाको शव फेला परेको उनको भनाइ छ ।’