कञ्चनपुर – कञ्चनपुरमा डेढ बर्ष अगाडी शिलान्यास गरिएको छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति लिन सकेको छैन । डेढ बर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका भएपछि त्यसपछि भने काम निकै सुस्त छ ।

बेदकोटका वडा नं २ र ३ मा नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको लक्ष्य लिइए पनि सुरुवातमा तीन सय बिघामा स्थापनाको काम थालिएको थियो । तर, अहिले उक्त क्षेत्रमा पर्ने रुखको लगत लिने काम समेत सम्पन्न हुने सकेको छैन ।

डिभिजन वन कार्यालयले १७ हजारभन्दा बढी रुखको छपान कार्य सकिए पनि वर्षात्का कारण अहिले रोकिएको जनाएको छ । महेन्द्रनगर, रुख छपान र नम्बरिङको काम सकिने समय लाग्ने देखिएको छ । रुख छपानको काम सकिएपछि वन मन्त्रालयमा उक्त फाइल पेश भएपछि मन्त्रिपरिषद्ले रुख कटानको निर्णय गर्ने वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले बताए ।
औद्योगिक क्षेत्रमा २३ साना उद्योग, ४४ मझौला उद्योग र ३३ ठूला उद्योग स्थापनाका लागि आवेदन परेका छन् । सरकारले चालु आवमा औद्योगिक क्षेत्र निर्माण प्रक्रियाका लागि एक अर्ब बजेट विनियोजन गरेको छ ।












