
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९३ पैसा र बिक्री दर १५४ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।















