खाेज्नुहाेस

सुन तोलामा २ सयले बढ्यो

Image
file photo

काठमाडौँ – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

navjiwan hospital

तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

attariya hospital

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।