अछाम – अछाममा बाघले ४ वटा बाख्रा मारेको छ । पञ्चदेवल विनायक नगरपालिका – ७ पुल्लेतोलमा बाघले ४ बाख्रा मारेको हो ।

आशिष् बाख्रा फर्ममा पालिएका ४ बाख्रा मारिएको अवस्थामा भेटिएको फर्म संचालक भद्र बहादुर रावलले बताएका छन ।

फर्मका सञ्चालक रावलका अनुसार गए राती गोठमै बाघले आक्रमण गरेको थियो । अक्रमणपछि आइतबार बिहान गाउँलेको सहयोगमा बाख्राको खोजी गर्दा ४ वटा बाख्रा मृत भेटिएका हुन । १३ बाख्रा भने अझै हराएको उनले बताए ।



















