कांग्रेसको प्रदेश अधिवेशन सर्यो
धनगढी – नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।


प्रवक्ता शर्माका अनुसार यही मङ्सिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मङ्सिर १८ र १९ गतेको लागि सारिएको हो ।

यसैगरी मङ्सिर २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मतगणना २७ गते शुरु हुने उनले बताए । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।