
कञ्चनपुर – कञ्चनपुरमा हाइस संग अटो ठोक्किदा २ जना घाइते भएका छन् । भिमदत्त नगरपालिका ३ भासीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको अटो र सोही दिशा तर्फ गइरहेकोे म १ ज २५० नम्बरको हाइस दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।
दुर्घटनामा अटोमा सवार भिमदत्त नगरपालिका ५ दैजी बस्ने ७० वर्षीय कैले लुहार र उनकी श्रीमती ६५ वर्षीय रत्ना लुहार घाइते भएको सुदूरपश्च्मि प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।














