खाेज्नुहाेस

एमालेले जनतासँग ९८ प्रतिशत झुट बोल्योः नेता महर

Image

डडेलधुरा – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जनतासँग एमालेले ९८ प्रतिशत झुट बोलेको आरोप लगाएका छन्।

डडेलधुरामा शुक्रबार आयोजित एक कार्यक्रममा नेता महरले २०७४ को निर्वाचनमा विजय भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको आरोप लगाएका हुन्।

attariya hospital
navjiwan hospital

एमालेले जनभावना अनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ। व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झुट बोलेको छ। अब एमालेको झुटको खेती टिक्दैन।’

कांग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘कांग्रेस जनताको पार्टी हो। हामीलाई सधैँ जनताको माझमा जानु छ। भ्रम छरेर एक पटक त चुनाव जितिएला। तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिनेछन्।’

देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सृजना गर्न महरको आग्रह छ।