बैतडी – पानीको विषयमा विवाद हुँदा बैतडीमा दाइले भाइमाथि कोदालो प्रहार गरेका छन् । शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका–७ स्थित मनेकुडामा ३० वर्षीय (दाई) विरेन्द्र ऐरले २८ वर्षीय श्याम ऐर (भाई) माथि कोदालो प्रहार गरेका हुन् ।

पानीको विषयमा विवाद हुँदा विरेन्द्रले श्याममाथी कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए । उनले कोदालो प्रहारबाट घाइते भएका श्यामलाई स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको र उपचारको क्रममा रहेको बताए ।

यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


















