डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शिखर नगरपालिका – १ मा से १त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१ का ३६ वर्षीय प्रेमकुमार कठरीयाको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त दुर्घटनामा शिखर नगरपालिका –२ की २२ वर्षीया कलावती बोगटी घाइते भएको प्रहरीले जनाएको छ ।



















