खाेज्नुहाेस

डोटीमा गरिएको बजार अनुगमनमा एकैदिन १ लाख बढीको अखाद्य सामग्री फेला 

Image

डोटी – डोटीमा गरिएको बजार अनुगमनमा एकैदिन १ लाख बढीको अखाद्य सामग्री फेला परेको छ । जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको अनुगमनमा १ लाखभन्दा बढी मूल्यको अखाद्य सामग्री नष्ट गरिएको हो ।

डोटीको सिलगढी, दिपायल, राजपुर, एयरपार्ट क्षेत्रमा रहेका बजारमा गरिएको अनुगमनमा टोलीले १ लाख ३४ हजार ३ सय ६० रुपियाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजिया दाना, दालमटरहरु, बिस्कुट, खाने तेल, सोयबिन, काजु बदाम, चाउचाउ, मसालाहरु भेटिएका थिए ।

attariya hospital
navjiwan hospital

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीकी प्रशासकीय अधिकृत रमा कुँवरले बताइन् ।

बजार अनुगमनका क्रममा खाद्य पदार्थमा सुजी, मरमसाला, चाउचाउ, बिस्कुट, कोकाकोला, दालमोट प्रायः बढी मात्रामा म्याद गुज्रेका भेटिएको उनले बताइन् ।